दफा ३१
सम्बन्धित स्थानमा गई मालवस्तु जाँच गर्न सकिने
(१) कुनै निकासीकर्ताले आफूले निकासी गर्ने मालवस्तु त्यस्तो मालवस्तुको उत्पादनस्थल वा गोदाममा गई जाँच गरिदिन भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन अनुसार मालवस्तु जाँच गर्न मनासिब देखिएमा भन्सार अधिकृतले तोकिए बमोजिमको शुल्क लिई त्यस्तो उत्पादनस्थल वा गोदाममा आफै गई वा आफू मातहतका कर्मचारीलाई पठाई मालवस्तु जाँच गर्न वा गराउन सक्नेछ ।
(३) कुनै पैठारीकर्ताले आफूले पैठारी गरी ल्याएको मालवस्तु भन्सार क्षेत्रभन्दा बाहिर जाँच गरिदिन तोकिएको कागजात संलग्न गरी प्रज्ञापनपत्र भरी भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा त्यसरी जाँच गर्न मनासिब देखिएमा महानिर्देशकको पूर्व स्वीकृति लिई भन्सार अधिकृतले तोकिएको शुल्क असुल गरी भन्सार क्षेत्रभन्दा बाहिर आफै गई वा आफू मातहतका कर्मचारीलाई पठाई मालवस्तुको जाँच गर्न वा गराउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम मालवस्तु जाँच गर्नुअघि भन्सार अधिकृतले पैठारीकर्ताले घोषणा गरेको भन्सार मूल्य अनुसार सो मालवस्तुमा लाग्ने महसुलमा पचास प्रतिशत महसुल थप गरी हुन आउने रकम धरौटी लिनु पर्नेछ । भन्सार कार्यालयले त्यस्तो धरौटी रकम सो मालवस्तुमा लाग्ने भन्सार महसुलभन्दा बढी भएमा त्यसरी बढी भएजति रकम पैठारीकर्तालाई फिर्ता दिनु पर्नेछ र कम भएमा त्यस्तो कम रकम पैठारीकर्ताबाट असुल गर्नु पर्नेछ ।